काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई पाँच बर्षे अनुमति पत्र प्रदान गरेको छ ।
Advertisement
बिहीबार मन्त्रिपरिषद् बैठकले नयाँ लाइसेन्स दिने निर्णय गरेसँगै प्राधिकरणले उक्त निर्णय कार्यान्वयन गरेको हो ।
प्राधिकरणले टेलिकमसँग ५ बर्षका लागि २१ करोड रकम तोकेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौड्यालले जानकारी दिए ।
नवीकरण गर्ने वा नयाँ लाइसेन्स दिने भन्ने कानून अभावका बीच सरकारले नयाँ लाइसेन्स दिने निर्णय गरेको थियो ।