काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ ।
Advertisement
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा छानविन गर्न संसदिय समितिको माग गर्दै आएको कांग्रेसले संसदको दुवै सदन अवरोध गरेको हो ।
राष्ट्रिय सभाको आजको पहिलो बैठकमा नै कांग्रेस राष्ट्रियसभा संसदिय दलका नेता कृष्ण सिटौलाले दुवै सदन अवरोध गर्ने चेतावनी दिएका थिए ।
राष्ट्रियसभामा कांग्रेसले प्रतिनिधिसभामा संसदिय छानविन समिति गठन नगरेसम्म राष्ट्रिय सभा बैठक चल्न नदिने कांग्रेसले प्रष्ट परेको छ ।