ललितपुर । ललितपुरको गोदावरीमा यात्रुवहाक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
Advertisement
बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका १० टाखेलमा बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा ४ ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्।
महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी सन्जेलको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।