काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर,उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भष्ट्राचारको मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर आरोप उनीहरुमा छ । अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।
को -को परे १२ जना ?
१,मेयर सुरेश साह सेनार,
२, उपमेयर रौशन खातुन
३,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल
४, वडा नं १ का अध्यक्ष अनिलकुमार झा,
५, अधिकृत छैटौं धिरेन्द्र झा,
६, वरिष्ठ इन्जिनियर पवनकुमार झा,
७, इन्जिनियर राकेशकुमार चौधरी
८, सव-इन्जिनियर दिपेशकुमार साह,
९,कार्यपालिका सदस्य सोगरा खातुन,
१०, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह,
११ उपभोक्ता समिति सचिव सिकेन्द्र चौधरी
१२ उपभोक्ता समिति कोषाध्यक्ष संतोषी देवी