काठमाडौँ । डडेल्धुरा गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका ५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्न प्रयोग हुने भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको हो ।
Advertisement
मृत्यु हुनेमा गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ ।
त्यस्तै, घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।