काठमाडौं । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनका कारण सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।
Advertisement
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन अनुसार आजका पेशी स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ ।
प्रशासनीक कार्यहरु भने निरन्तर हुने छन्
सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म न्यायाधीश थिए ।