काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
Advertisement
गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने विरुद्ध संसदीय छानविन समितिको माग गर्दैं संसदमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दलले आगामी अधिवेशनमा कसरी प्रस्तुत हुने छलफल गर्न बैठक आह्वान गरेको हो ।
शुक्रबारदेखि संसदको वर्षे अधिवेशनमा सुरु हुदै छ । त्यसको पूर्वसन्धयामा कांग्रेसले आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।
कांग्रेसले सभामुखसँग शीर्ष नेताहरूको बैठकमा पनि अहिले पनि संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग यथावत राखेको छ ।