• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गर्मीमा किन उठ्छ धेरै रिस ?


    Avatar photo
बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- अमेरिकामा मास सुटिङ अर्थात सामूहिक नरसंहार सामान्यजस्तै भइसकेको छ। हरेक नागरिकलाई बन्दुक राख्‍न पाउने अधिकार दिइएका कारण त्यसको व्यापक दुरुपयोग हुँदै आएको छ।

Advertisement

तथापि, सन् २०२२ को एक रिपोर्टले अधिकांश ‘मास सुटिङ’का घटना गर्मीयामको भएको देखाएको छ। ‘गन भाइलेन्स आर्काइभ’को रिपोर्टअनुसार सन् २०२२ मा अमेरिकाभर मास सुटिङका ३२४ घटना भए। र, तीमध्ये ८४ प्रतिशत गर्मी मौसममा भएका थिए।

उक्त रिपोर्टपछि मौसमले पनि मानिसको मुड र व्यवहार परिवर्तन गराउनेबारेमा बहस छेडिएको छ। संसारभर भएका साइकोलोजिकल साइन्स स्टडीहरूले पनि तापमानको बढोत्तरीसँगै मानिसमा रिस, तनाव र साथमा आपराधिक घटना पनि बढ्ने गरेको औंल्याएका छन्।

गर्मी मौसममै सडक दुर्घटना पनि बढेको पाइएको छ। र, मानिसका आपसी सम्बन्धमा तनाव र झगडा पनि गर्मी मौसममै बढी हुने गरेका छन्।

गर्मीयाममै मानिस ‘एंग्री बर्ड’ बन्‍ने गरेका छन्। अर्थात् मौसमको पारो चढेसँगै दिमागको पारो पनि चढ्ने गरेको पाइन्छ। गर्मीयाममै तनाव, डिप्रेसन, एन्जाइटी, लडाईं, झगडा र मनमुटाव पनि बढ्ने गरेका छन्।

वैज्ञानिकहरूका अनुसार गर्मीमा मानिस आक्रामक बन्‍नुको पछाडि मानिसको शरीरको बनावट पनि जिम्मेवार छ। फिजिसियन डा. अकबर नकवीका अनुसार शरीरमा तापको मात्रा बढ्दा रक्त कोशिकाहरू चौडा बन्छन्। शरीरलाई ठण्डा राख्‍न नसाहरूमा रगत तीव्र गतिमा वहन्छ। त्यसबाट पसिना निस्किन्छ। सोही कारण शरीरको बाहिरी भाग पनि रातो देखिन थाल्छ।

शरीरमा रक्त सञ्चार बढ्नुको सीधा अर्थ हुन्छ, मुटुले पनि तीव्र गतिमा रगत पम्प गर्नु। त्यस्तो अवस्थामा मुटुले आफ्नो क्षमताभन्दा धेरै बढी मिहिनेत गर्नुपर्छ। र, गर्मी मौसममा मुटुको धडकन २.५ गुणाले बढ्छ।

मुटुमा पर्ने सोही दबाबका कारण मानिसमा तनाव, एन्जाइटी र रिसको मात्रा ह्वात्तै बढ्छ। मुटुको धडकन अढाइ गुणा बढ्दा मानिसको सोच्‍ने, सम्झिने शक्ति प्रभावित हुन्छ। आफ्ना भावनाहरू माथि मानिसको पूर्ण नियन्त्रण रहँदैन। र, आवेशमा फैसला लिन पुग्छ। मानिसमा चिडचिडापन पनि यही समयमा बढ्छ।

मानिसको दिमागले नै रगत, पानी र अक्सिजन पनि ज्यादा खपत गर्छ। ती तीनै चिज कमी हुँदा दिमागमा सीधा असर पर्छ। त्यस्तो अवस्थामा शरीरका सबै फंक्सन स्लो हुन जान्छन्।

गर्मीयाममा मौसमको पारो ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको हुन्छ। त्यस्तो अवस्थामा शरीरमा पानीको कमी हुन पुग्छ। र, अक्सिजनको लेभल पनि कम हुन्छ। डिहाइड्रेसन अर्थात जल वियोजन गर्मीयामको सबैभन्दा ठूलो समस्या पनि हो। शरीर डिहाइड्रेड हुँदा दिमागको सोच्‍ने र सम्झिने शक्ति तथा सहनशीलतामा पनि कमी आउँछ।

गर्मीयाममा यदि तपाईंलाई कसैसँग लडाईं गर्न मन लागिरहेको छ, कसैको टाउको फुटाइदिऊँझैं भएको छ र चिडचिडापन महशुस भइरहेको छ भने पर्खनूस्, तपाईंलाई एक गिलास ठण्डा पानीको आवश्यकता छ। किनकि, तपाईंको शरीर डिहाइड्रेड भएको छ। ठण्डा पानी पिएपछि दिमागमा पानी र अक्सिजन प्राप्त हुन्छ। र, दिमाग सोच्‍न थाल्नेछ र मन शान्त हुनेछ। त्यस दौरान लामो र गहिरो श्‍वास लिन नबिर्सिनूस्।

मनोचिकित्सक डा. प्रितेश गौतमका अनुसार गर्मीको समयमा स्ट्रेस हर्मोन अर्थात कोर्टिसोलको लेभल बढ्छ। र, मानिसमा रिस, तनाव, डिप्रेसन र आक्रामकता बढ्न जान्छ।

त्यस्तो अवस्थाबाट बच्‍न मेडिटेसन गर्न र हाइड्रेटेड रहन मनोविद तथा काउन्सिलर लहर कुसरे सल्लाह दिन्छन्। र, बेली ब्रिथिङ अर्थात पेट फुलाउँदै लामो सास लिन सल्लाह दिन्छन्।

मनमाथि मौसम सीधा प्रभाव पर्छ। जस्तो- वसन्त ऋतुलाई जसरी प्रेमको मौसम मानिन्छ, त्यसरी नै रिसको समय पनि मानिन्छ। यस्तो अवस्थामा सिजनल अफेक्टिभ डिसअर्डरका कारण मानसिक तनाव र डिप्रेसन हुन सक्छ।

त्यसैले हो, चिकित्सकहरूले गर्मी मौसममा जीवनशैली परिवर्तन गर्न सुझाव दिने गरेको पनि। गर्मीमा दिउँसो बाहिर घुमफिर नगर्न उनीहरूले सल्लाह दिँदै आएका छन्।

यस्तै, दिउँसो सवारी साधन चलाउँदा पनि आफ्नो रिसलाई नियन्त्रणमा राख्‍न जरुरी छ। त्यसैले गर्मीयाममा दिउँसो घरको चार दिवार या कार्यालयमै बिताउनु राम्रो हुने चिकित्सकहरू बताउँछन्। र, बिहान र साँझमा मात्र बाहिरको काममा निस्किन उचित हुने उनीहरूको सुझाव छ।

भास्कर डट कमबाट

बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.