बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङलाई भेटे लगत्तै कोशी प्रदेशका दुई दल एमाले र माओवादीले आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न निर्देशन दिएका छन्।
Advertisement
आज नै नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै उनीहरूले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर भए विराटनरम आउन निर्देशन हुन
कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन्। एमालेका हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री बनाउन एमाले र माओवादीले दबाब अघि बढाएका छन्।
अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने बरू अदालत जाने बताइरहेका छन्। आज नै माओवादी र एमालेका संसदिय दलका नेतासहितले प्रदेश प्रमुख खापुङलाई भेटेका थिए ।