काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भन्दैं सुनियोजित रूपमा कु-प्रचार गरेको आरोप लगाएका छन् ।
जसपा विभाजन भएपछि नेकपा एकिकृत समाजवादी पनि विभाजन उन्मुख भएको भन्दै चर्च चलीरहेका समयमा उनले विज्ञप्ती जारी गर्दै यस्को खण्डन गरेका छन् । खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् ।
एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको बताए। विज्ञप्तीमा खनालले भनेका छन् “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ। यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’
