काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
Advertisement
पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको थियो।
जसपा नेपालबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन्।