• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

‘हिट स्ट्रोक’ अर्थात ‘लु’बाट बच्‍ने कसरी ?


    Avatar photo
शनिबार, जेठ २६, २०८१ मा प्रकाशित

काठमाडौं- गर्मीयाममा ‘हिट स्ट्रोक’ अर्थात ‘लु’का बारेमा बढी चर्चा हुने गर्छ। गर्मीयाममा बाहिरको तापक्रम अत्यधिक बढेको हुन्छ। गर्मीयाम शुरु भएर मनसुनी वर्षा हुन नथाल्दासम्म खासगरी तराई क्षेत्रमा ‘लु’को प्रभाव अत्यधिक देखिन्छ। प्रचण्ड गर्मीमा बाहिर हिँडडुल गर्दा त्यसले शरीरमा असर पुर्‍याउँछ।

Advertisement

‘लु’का कारण शरीरको तापक्रम पनि अत्यधिक बढ्छ। जिउ एकदमै तात्तिने, मानिसमा दृष्‍टिभ्रम हुने, कहिले शरीर सुक्खा हुने, कहिले चिटचिट पसिना आउने, मानिसको सुर र ताल पनि हराउने समस्या देखिन्छन्।

‘लु’का कारण उल्टी आउने, वाकवाकी हुने र ती समस्याहरू बढ्दै गएर बिरामी बेहोस हुने समस्या देखिन्छन्। समयमा यस्ता बिरामीलाई अस्पताल पुर्‍याउन सकिएन भने ज्यानै पनि जान सक्छ। त्यसैले हो, गर्मीयाममा धेरै तातो हुने ठाउँबाट टाढा रहन सल्लाह दिइने गरेको पनि। नत्र, हामी ‘हिट स्ट्रोक’ अर्थात ‘लु’को शिकार बन्‍न सक्छौं।

‘लु’बाट बच्‍न हामीले अत्यधिक सावधानी अपनाउनु जरुरी छ। चर्को घाममा बस्‍नु र हिँडडुल गर्नु भएन, छायामा बस्‍नुपर्‍यो। समय-समयमा पानी पिइरहनुपर्‍यो। गर्मीका बेला पिसाब कम आइरहेको या गाढा रंगको देखिइरहेको छ भने ध्यान दिऊँ, हाम्रो शरीरमा पानीको मात्रा कम भएको संकेत हो त्यो।

सकेसम्म पंखा घुमिरहेको स्थान या एसी जडान गरिएका ठाउँहरूमा बसौं। पोलिस्टरका अनि शरीर गुम्सिने तातो कपडाहरू नलगाऊँ। कटनका कपडाहरू गर्मीका लागि उपयुक्त हुन्छन्। त्यति मात्र सावधानी अपनाउँदा पनि हामी ‘हिट स्ट्रोक’बाट बच्‍न सक्छौं।

केही गरी ‘हिट स्ट्रोक’ भयो भने त्यसको उपचार सम्भव छ। बिरामीलाई समयमै अस्पताल पुर्‍याएर ज्यान बचाउन सकिन्छ। यस्तै, तत्काल अस्पताल पुर्‍याउन सम्भव भएन भने पनि बिरामीलाई भुईंमा खुट्टाहरूलाई थोरै माथि र टाउकोलाई तल हुने गरी सुताउनुपर्छ। खुट्टाको मुनिपट्टि तकिया या कुनै चिज राखेर त्यस्तो विधि अपनाउन सकिन्छ।

बाक्लो र टाइट लुगा लगाएको छ भने पातलो र खुकुलो कपडा लगाइदिनुपर्छ। पंखाको शीतलमा बिरामीलाई राख्नुपर्छ। शरीरमा पानी दलिरहनुपर्छ। यी विधिबाट शरीरको तापक्रम घटाउन सकिन्छ। बिरामीलाई प्यास लागिरहेको हुन्छ। त्यसैले सकेसम्म धेरै पानी पिउन दिनुपर्छ। त्यसो गर्दा हामीले बिरामीको ज्यान बचाउन सक्छौं।

शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.