काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै एमालेले आज दिउँसो ३ बजे दलको बैठक बोलाएको हो ।
Advertisement
बैठक नयाँ बानेश्वरमा बस्ने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । एमालेले यो पार्टीको नियमित बैठक भएको जनाएको छ ।