• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

माइग्रेन : अफवाहको पछाडि नदौडिऊँ !


    Avatar photo
मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

काठमाडौं- माइग्रेन एक किसिमको मस्तिष्कको समस्या हो। कहिलेकाहीं हाम्रो मस्तिष्क बढी संवेदनशील हुन्छ। मस्तिष्कमा नसा मात्र नभई स-साना रगतका धमनीहरू पनि हुन्छन्। ती धमनीहरू कहिलेकाहीं सानै कुराबाट पनि संवेदनशील भइदिन्छन्।

Advertisement

जसरी लजालु झार छुनेबित्तिकै खुम्चिन्छ, त्यसरी नै मस्तिष्कका धमनीहरू पनि केही केमिकलहरूको सम्पर्कमा आएमा खुम्चन पुग्छ। र, हाम्रो नसाले त्यो दुखाइको चाल पाउँछ। जसकारण टाउकोको एक पाटो बेस्सरी दुख्‍न थाल्छ, जसलाई माइग्रेन भनिन्छ।

माइग्रेनको ट्रिगर के हो ? के कारणबाट मस्तिष्कका धमनीहरू बढी संवेदनशील हुन्छन् ? यी विषयमा जान्‍नु निकै आवश्यक छ। कति मानिसलाई माइग्रेन खानेकुराबाट पनि हुने गर्छ, दूधबाट बनेका परिकार, अमिलो अचार, सिसामा राखिएका पुराना अचार, गुन्द्रुक, सुपरमार्केटमा प्याकेजिङ गरेर राखिएका खानेकुराबाट पनि माइग्रेन हुन्छ। सुपरमार्केटमा राखिएका तयारी खानेकुरामा केमिकलको प्रयोग गरिएको हुन्छ। सल्फाइट, नाइट्रेटजस्ता केमिकलको प्रयोग भएका खानेकुराबाट मस्तिष्कका नसा खुम्चन गएमा माइग्रेन हुन्छ।

माइग्रेनलाई लिएर समाजमा धेरै अफवाह फैलिएको पाइन्छ। माइग्रेन भएमा जीवनभर दुःखमा परिन्छ, यसको उपचार नै हुँदैन, केही पनि गर्न सकिँदैनजस्ता कुरा बढी सुनिन्छन्। तर, यो सत्य होइन। अहिलेको अवस्थामा माइग्रेनका ९९ प्रतिशत बिरामीहरू खुशीका साथ जीवन निर्वाह गरिरहेका छन्।

खानेकुराबाहेक खाली पेट बस्दा पनि माइग्रेन हुन्छ। कहिलेकाहीं कफी पिउने मानिसलाई त्यसले माइग्रेन गराउँछ भने कतिपयमा कफीले सञ्‍चो गराएको पनि देखिन्छ। त्यो मान्छेअनुसार भर पर्छ। माइग्रेनका कतिपय बिरामीले माइग्रेन हुँदा यो खानु हुँदैन, त्यो खानु हुँदैन भनेर हरेक कुरा बारेर जीवन नै दुःखी बनाइरहेको भेटिन्छ। त्यसो गर्नु गलत हो।

किनभने, कसैलाई दूधबाट बनेका परिकारले माइग्रेन हुन्छ भने अर्को व्यक्तिलाई पनि त्यस्ता परिकारले माइग्रेन हुन्छ भन्‍ने छैन। कसैलाई अनिँदोका कारण पनि माइग्रेन हुन सक्छ। किशोरीहरूमा महिनावारीको समयमा भास्कुलर हेडेकले पनि माइग्रेन गराउँछ। यस्तै, तनावलाई पनि माइग्रेनको कारण मान्‍न सकिन्छ।

माइग्रेनका बिरामीले आफूलाई कुन कारण र कुराले बल्झाउँछ भन्‍ने पहिचान गर्न आवश्यक छ। कुनै मितिमा टाउको दुख्दा के खाना खाएको थिएँ वा कस्तोखाले वातावरण थियो भन्‍ने हेक्का राख्‍नुपर्छ। कतिलाई गर्मीमा काम गर्दा, कतिलाई चिसोले, कतिलाई सेन्ट वा पेन्टहरूको गन्धले पनि माइग्रेन हुन सक्छ। त्यसकारण आफूलाई बल्झाउने कुरालाई पहिचान गर्नु निकै आवश्यक छ।

माइग्रेन उपचार नै नहुने या भइसकेपछि कहिल्यै निको नहुने रोग होइन। यसलाई समयमै नियन्त्रण गर्न सकियो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

उपचार

माइग्रेनका बिरामीहरूमा दुई किसिमको औषधि चलाइन्छ- माइग्रेन हुन नदिन र भइसकेपछि निदान गर्न। माइग्रेन हुन नदिन बिरामीलाई दैनिक सेवन गर्ने औषधि दिइन्छ।

‘क्लासिकल माइग्रेन’मा मानिसलाई अब मलाई टाउको दुख्छ है भन्‍ने भान अगाडि नै हुन्छ। हाईहाई आउने, अल्छी लागेजस्तो हुने, आँखाबाट झिल्काहरू आएजस्तो हुने लक्षण देखापरेको केही समयपछि विस्तारै दुखाइ शुरु हुन थाल्छ। र, सहनै नसक्ने चरणमा दुखाइ हुन थाल्छ। त्यस्तो दुखाइ ३-४ दिनसम्म पनि रहन सक्छ।

‘क्लासिकल माइग्रेन’मा एकै किसिमको टाउको दुखाइ हुन्छ। यसका साथै  टाउकोको एक पाटो मात्र दुख्‍ने, टाउको बल्किने, आँखाको नानी झर्लाजस्तो गरी दुख्‍ने, दुखेपछि केही पनि गर्न नसक्ने, घाममा पनि हेर्न नसक्ने, शान्त कोठामा सुतेर बस्‍नुपर्ने, ३-४ दिनसम्म त्यसले दुःख दिनेजस्ता लक्षण देखापर्छन्। अफिस जाने महिला छन् भने माइग्रेनको कारणले अफिसै जान नसक्ने लक्षण पनि क्लासिकल माइग्रेनमा देखापर्छ।

तथापि, सबै टाउको दुखाइ माइग्रेन हुँदैन। कतिपय टाउको दुखाइ अन्य रोगका कारणले पनि हुन सक्छ। ब्रेन ट्युमरका कारण पनि माइग्रेनझैं टाउको दुखाइ हुनसक्छ। चिकित्सकको निगरानीमा जाँचको क्रममा माइग्रेन वा ब्रेन ट्युमर के हो भनेर पत्ता लगाउन सकिन्छ। माइग्रेनको टाउको दुखाइको प्रकृति कस्तो हो भन्‍ने पत्ता लगाउनु आवश्यक छ। त्यसैले हो, माइग्रेन हुन नदिन र भइसकेपछि दुखाइ कम गर्न औषधि चलाइने पनि।

‘क्लासिकल माइग्रेन’ हुनु अगावै टाउको दुख्‍ने भान हुन्छ। त्यस्तो भान हुनेबित्तिकै दुखाइ शुरु हुनु अगावै औषधि सेवन गरेमा त्यसले बढी दुख्‍न दिँदैन। त्यो औषधि दैनिक प्रयोग गर्नुपर्दैन। टाउको दुख्‍न सक्ने भान भएपछि मात्र दुखाइ नियन्त्रणका लागि औषधि सेवन गर्नुपर्छ।

तीबाहेक घरायसी तरिकाबाट पनि यसको उपचार गर्न सकिन्छ। जे कुराले माइग्रेन बल्झाउँछ, त्यसबाट टाढा रहने, ग्रिन टी, लेमन टी पिउने, चिसो पानीले नुहाउने, तनाव नलिनेजस्ता कुरा अपनाउँदा माइग्रेनको दुखाइ कम गर्न सकिन्छ।

(बीएन्डबी अस्पतालको डिपार्टमेन्ट अफ न्युरोसाइन्सेसका हेड अफ दि डिपार्टमेन्ट डा. श्रेष्‍ठसँग नेपाली हेडलाइनको कुराकानीमा आधारित)

मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भर्खरै

  • १.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • २.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ३.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ४.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ५.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ६.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ७.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ८.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.