• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

दही चोरेको आरोपमा दलित बालिकालाई २० घण्टा बाँधेर यातना


    Avatar photo
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

रामेछाप — घरमा कोही नभएको बेला घरभित्र पसेर दही चोरेको आरोप लगाउँदै रामेछापको मन्थली नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई २० घण्टासम्म बाँधेर यातना दिइएको छ ।

Advertisement

मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेर चोरी गरेको भन्दै ती दलित बालिकालाई श्रेष्ठले कुटपिट र यातना दिएका हुन् । श्रेष्ठसहित परिवारका सदस्यले ती बालिकालाई दही चोरेको भन्दै हात पछाडि बाँधेर मंगलबार मध्यान्हसम्म राखेका थिए ।

घटनाबारे जानकारी पाएपछि स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । दही चोरेको आरोपसँगै दलित बालिका श्रेष्ठको घरभित्र पसेको हुँदा अशुद्ध भएको भन्दै श्रेष्ठले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घण्टौंसम्म हात पछाडि थाममा बाँधेर राखेका थिए ।

स्थानीयहरूका अनुसार ती दलित बालिकाले शेरबहादुर श्रेष्ठको घरमा पसेर सोमबार मध्यान्ह दही चोरेर खाएकी थिइन् । श्रेष्ठ वस्तु चराउन गएको मौका पारेर उनको घरमा पसेकी भनिएकी ती बालिका चाउचाउ, दालमोठ र नरिवल हातमा लिएर निस्कँदै गर्दा श्रेष्ठले फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार बालिका बाँधिएको हल्ला हुन थालेपछि श्रेष्ठले प्रहरी पुग्नुअघि नै डोरी खोलिदिएका थिए । आमा अन्यत्र गएको र भाइ सानो भएकाले सोमबार राति दलित बालिकाको परिवारका सदस्यले उक्त घटनाबारे थाहा पाएनन् । र बाहिर पनि हल्ला फैलन पाएको थिएन । बाँधिएकी दिदीसँगै पीडित बालिकाका भाइले पनि श्रेष्ठको दलानमै रात बिताएका थिए ।

दलानको थाममा बाँधिएकी बालिकालाई श्रेष्ठले राति खाना भने दिएको र खोलिदिन मन लागेपछि कतै भागे आफू परिन्छ कि भन्ने डरले खोल्न नसकेको श्रेष्ठले प्रहरी समक्ष बताएका छन् । प्रहरीले अहिले श्रेष्ठलाई नियन्त्रणमा लिएको र बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण गराउन पठाएको थिङले बताए ।

बालिकालाई दलित भएकै कारण २० घण्टासम्म बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् । प्रनाउ थिङका अनुसार श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याइ नसकेकोले कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने कुराको टुंगा भइसकेको छैन ।

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.