• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : अमेरिकी स्टिमसिप विष्‍फोटमा मारिए १८ सय


    Avatar photo
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

काठमाडौं- आज २७ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००५- एयरबस-३८० को पहिलो उडान

सन् २००५ मा आजकै दिन यात्री सेवाको सबैभन्दा ठूलो विमान एयरबस-३८० ले पहिलोपटक उडान भरेको थियो। डबल-डेक विमान संसारको सबैभन्दा ठूलो व्यावसायिक जहाज हो। हालसम्म संसारभर २५१ वटा एयरबस-३८० विमान यात्री सेवामा सञ्‍चालनमा छन्।

– सन् १९९४- दक्षिण अफ्रिकाका सबै जातिलाई मतदानको अधिकार

सन् १९९४ मा आजकै दिन दक्षिण अफ्रिकाका सबै जातिलाई पहिलोपटक मतदानको अधिकार घोषणा गरिएको थियो। त्यस अघिसम्म दक्षिण अफ्रिका अश्‍वेत जातिलाई मतदानको अधिकार दिइएको थिएन। ४४ वर्षपछि त्यहाँका सबै जातजातिलाई मतदानको अधिकार दिइएको थियो।

– सन् १९९२- ७०० वर्षपछि पहिलोपटक ब्रिटेनमा महिला सभामुख

ब्रिटिस हाउस अफ कमन्सको ७०० वर्षको इतिहासमा पहिलोपटक आजकै दिन महिला सभामुख निर्वाचित भएकी थिइन्। त्यस्तो अवसर बेट्टी बुटराइडले पाएकी थिइन्। उनी सन् २००० सम्म हाउस अफ कमन्सको सभामुख रहिन्।

– सन् १९६१- सियरा लियोनलाई स्वतन्त्रता

पश्‍चिम अफ्रिकी मुलुक सियरा लियोनले सन् १९६१ मा आजकै दिन स्वतन्त्र गणतन्त्रको मान्यता पाएको थियो। १५० वर्षको ब्रिटिस आधिपत्य अन्त्यसँगै पहिलो प्रधानमन्त्रीका रूपमा सर मिल्टन मार्गेईले सत्ताको बागडोर सम्हालेका थिए।

– सन् १८६५- अमेरिकामा स्टिमसिप विष्‍फोटमा मारिए १८ सय

१५९ वर्षअघि आजकै दिन अमेरिकाको मिसिसिपी नदीमा ओभरलोडेड स्टिमसिप एसएस सुल्तानामा विष्‍फोट हुँदा १ हजार ८०० जनाको ज्यान गएको थियो। यसलाई अमेरिकी इतिहासकै ठूलोमध्येको जल विपद मानिन्छ। गृहयुद्धको दौरान बन्दी बनाइएका उनीहरू आ-आफ्नो घर फर्किरहेका थिए।

– सन् २०२२- अन्तर्राष्‍ट्रिय स्पेस स्टेसनमा पुग्‍ने पहिलो महिला

सन् २०२२ मा आजकै दिन पहिलो अश्‍वेत महिला अन्तरिक्ष यात्री जेसिका वाटकिन्स अन्तर्राष्‍ट्रिय स्पेस स्टेसन (आईएसएस)मा पुगेकी थिइन्। एलन मस्कको कम्पनी स्पेस-एक्सले निर्माण गरेको क्रु ड्रागन क्याप्सुलमा उनीसहितका ४ अन्तरिक्ष यात्री आईएसएसमा पुगेका थिए।

– सन् २०२०- अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो यूएफओको भिडियो

सन् २०२० मा आजकै दिन अमेरिकी रक्षा मन्त्रालयले आकाशमा देखिएको ‘अन आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट (यूएफओ)’मा भिडियो र तस्बिर सार्वजनिक गरेको थियो।

शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.