• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पिज्जा बर्गरले घटाउँदै छन् इम्युनिटी पावर


    Avatar photo
शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- अत्यधिक व्यस्त संसारमा फास्ट फुड अनिवार्य खाना बनेका छन्। मानिस पिज्जा, बर्गर, मःम, नुडल्सजस्ता फास्ट फुडमा रमाएका छन्। तर, यस्ता फास्टफुडले शरीरको रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर)लाई घटाइरहेका छन् भन्‍नेमा कमैको ध्यान पुगेको पाइन्छ।

Advertisement

किनकि, यस्ता खानामा पोषण पटक्कै हुँदैन। उल्टै मोटोपन र उच्च रक्तचापको समस्या निम्त्याउँछन्।

हालै अमेरिकाको क्यालिफोर्निया विश्‍वविद्यालयमा भएको अध्ययनअनुसार हाई फ्याट डाइटका कारण मोटोपन बढ्ने मात्र नभई क्यान्सर र अल्सरजस्ता रोग पनि बढेको पाइएको छ। हाई फ्याट डाइट खाने मानिसमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर पाइएको छ। यस्ता खानाले दिमागलाई पनि कमजोर बनाउँछन्।

फ्याट शब्द सुन्‍नासाथ सीधै शरीरको वजन शब्द पनि जोडिएर आउँछ। तथापि, बोसो शरीरका लागि ऊर्जाको स्रोत पनि हो। १ ग्राम कार्बोहाइड्रेट र १ ग्राम प्रोटिनबाट ४ क्यालोरी प्राप्त हुन्छ। तर, १ ग्राम खराब फ्याटबाट ८ क्यालोरी प्राप्त हुन्छ। फास्टफुडले शरीरमा खराब फ्याट बढाइरहेका छन्।

अस्ट्रेलिया विश्‍वविद्यालयको सन् २०२२ को अध्ययनअनुसार लामो समय हाई फ्याट डाइट लिँदा शरीरमा ग्रोथ हर्मोनको कमी हुन्छ। र, शरीरको विकास सुस्त हुन पुग्छ।

यस्ता छन् असर

– मोटोपनमा अत्यधिक वृद्धि। यो संसारकै ठूलो समस्या हो। र, यसका कारण हाई कोलेस्टेरोल, उच्च रक्तचाप, अनिद्राजस्ता समस्या देखा पर्छन्।

– जीनलाई कमजोर बनाउँछन्। हाई फ्याटका खाना खाँदा तपाईंका सन्तानको शारीरिक र मानसिक स्वास्थ्य कमजोर हुन्छ।

– रोग प्रतिरोधात्मक प्रणालीमा गम्भीर असर पुग्छ। क्यालिफोर्निया विश्‍वविद्यालयको अध्ययनबाट यस्ता खानेकुराले जिनमै असर पार्ने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा असर पुग्‍नु स्वाभाविकै हो।

– यस्ता खानेकुराले डिप्रेसनको समस्या पनि निम्त्याउँछन्। तनाव बढाउँछन्। स्मरणशक्ति कमजोर बनाउँछन्। दिमागमा सुन्‍निने समस्या पनि उत्पन्‍न गराउँछन्।

– फलफूल पनि अत्यधिक नखानूस्। किनकि, अत्यधिक फलफूलको सेवनले पनि फाइबर, भिटामिन्स र म्याग्‍नेसियम अधिक भएर शरीरमा सुगर लेभल बढ्छ।

– ड्राइ फुड्स अधिक खाँदा पनि शरीरमा सोडियम र मोटोपन बढ्न सक्छ। कब्जियत र मधुमेहको समस्या हुन सक्छ।

– स्याचुरेटेड फ्याटलाई कलेजोले उपयोग गर्छ। तर, यस्तो फ्याट अधिक खाँदा कोलेस्टेरोल बढ्छ। सबै प्रकारका मांसहारी वस्तुमा स्याचुरेटेड फ्याट हुन्छ।

– पोली अनस्याचुरेटेड फ्याट पाइने सोयाबिन, सर्स्यूँ, सूर्यमुखीलगायत वनस्पति तेलका कारण सुगर लेभल बढ्दैन।

– यस्तै, मोनो स्याचुरेटेड फ्याट पनि स्वास्थ्यका लागि राम्रो हुन्छ। र, शरीरमा गुड कोलेस्टेरोल बढाउन मद्दत पुर्‍याउँछन्।

– ट्रान्स फ्याट भने खतरनाक हुन्छन्। यसले कोलेस्टेरोलको मात्रा उच्च बनाउँछ। यसले हृदयाघात र स्ट्रोक निम्त्याउँछ। केक, कुकिज, पेस्ट्री, आइसक्रिमलगायतमा ट्रान्स फ्याट पाइन्छ।

भास्कर डट कमबाट

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.