• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नहरमा पाँच अर्ब रुपैयाँ बगाइयो तर पानी बगेन


आइतबार, फागुन २९, २०७८ मा प्रकाशित

काठमाडौँ । झण्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौं रुपैयाँ खर्च भए पनि पानी बग्न सकेको छैन । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको उक्त आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर तयार गर्न सकेको छैन ।

Advertisement

आयोजनाको सुरुवातयता अहिलेसम्म चार अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले जानकारी दिए । हालसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ ।

नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती हुँदा आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ ।

‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ,’ इञ्जिनीयर पण्डितले भने, ‘आगामी वर्षभित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्याउने गरी काम गर्दैछौँ ।’

शाखा नहर निर्माणका लागि मुआब्जा दिनु पर्ने जग्गाको सर्भेक्षणलगायत काममा भएको ढिलाइले बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयवासीको भनाइ थियो ।

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट एक हजार २०० मिटर लामो मूल नहर भारतले बनाइदिनु पर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ ।

सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसके पनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ,’ इञ्जिनीयर पण्डितले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’

भारतले पनि महाकाली सन्धिअनुसार नेपाली सिमानासम्म बनाउनु पर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गर्न दुई दशकसम्म आनाकानी गरेको थियो । गत वर्षदेखि उक्त काम थालेको भारतीय पक्षले अहिले भने काम सकिसकेको छ ।

कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्ब रुपैयाँको लागत अनुमान गरिएको थियो । आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी भने दिनसकेको छैन ।

यहाँको भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गरे । ‘नहरमा पानी बगेको भए धेरै किसानलाई माछा पालनदेखि आयमूलक रोजगारीमा लाग्न पनि सहज हुने आशा थियो,’ उनले भने, ‘किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएका छौँ ।’

वडाध्यक्ष विष्टले बितेको चार वर्षमा वडामा २२ वटा बोरिङ जडान र भूमिगत सिँचाइ संरचना बनाइसकिएको जानकारी दिए ।

  • आयोजना
  • नहर
आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी
टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो
भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

भर्खरै

  • १.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • २.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

  • ३.
    भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

  • ४.
    भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

  • ५.
    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ६.
    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

  • ७.
    मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

  • ८.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.