• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सिनेमा हलमा खाने पपकर्न कति स्वस्थकर ?


    Avatar photo
सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- अन्धकार, फिल्मको कोलाहल र प्रकाश रहने चलचित्र हलमा अधिकांशको हातमा पपकर्न (मकै) देखिन्छ। पपकर्न खाँदै चलचित्रको मजा दोब्बर लिएको पाइन्छ।

Advertisement

अहिले मकै एकदमै फेसनल खाना बनेको छ। मकैबाट बनेको स्वादिष्‍ट खाना हरेक सपिङ मल र सिनेमा हलमा पाउन सकिन्छ। मकै र त्यसबाट बन्‍ने पपकर्नको बारेमा हामी चर्चा गर्दैछौं।

पपकर्नमा भिटामिन र मिनरल्स !

पपकर्न खाँदा स्वास्थ्यलाई धेरै किसिमले फाइदा हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई राम्रो राख्छ।

यसबाट पाइने प्रोटिन र भिटामिनले तपाईंलाई स्वस्थ राख्‍न मद्दत गर्छ। पपकर्नमा फेनोलिक एसिड नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मुटु रोग, मधुमेह र उक्त रक्तचापको जोखिम कम गर्छ।

सिनेमा हलमा पाइने पपकर्न हानिकारक !

पपकर्न धेरै फाइदाजनक हुन्छ। यदि तपाईं यसलाई सिनेमा हलमा खाँदै हुनुहुन्छ भने यो तपाईंको स्वास्थ्यका लागि राम्रो होइन। यसको कारण यो बनाउने प्रक्रिया हो। प्रशोधन सही भएन भने स्वस्थकर खाना पनि स्वास्थ्यका लागि विष बन्‍न सक्छ।

यसको उत्कृष्‍ट उदाहरण आलु हो। उमालेको आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ। तर, त्यही आलुबाट फ्रेन्च फ्राइज बनाउनुभयो भने त्यसमा ट्रान्स फ्याट मात्र रहन्छ। सबै पोषक तत्त्व नष्‍ट हुन्छ।

ठीक त्यसैगरी सिनेमा हल वा सुपरमार्केटमा पाइने पपकर्नमा धेरै प्रकारका केमिकल मिसाइन्छ। यसमा ट्रान्स फ्याट र नुन पनि ठूलो मात्रामा हुन्छ। यो खाँदा रक्तचाप र हृदय रोगको जोखिम बढ्न सक्छ।

मेट्रो अस्पताल, फरिदाबादका पोषण विशेषज्ञ डा. कौशिकी गुप्ता भन्छिन्, ‘थिएटरहरूमा उपलब्ध पपकर्नको ठूलो कपमा लगभग ६० ग्राम स्याचुरेटेड फ्याट, ९८० मिलिग्राम नुन र १२०के क्यालोरी हुन्छ।’

बजारमा पाइने पपकर्न पनि अस्वस्थकर

सिनेमा घरमा पाइने पपकर्न बजारमा पाइने प्याकिङ पपकर्न जत्तिकै अस्वस्थकर हुन्छ। यसलाई थप स्वादिलो बनाउन यसमा विभिन्‍न स्वादहरू थपिने क्रम जारी छ।

पपकर्नमा स्वादको मात्रा बढ्दै जाँदा यसको फाइदा घट्दै जान्छ। उल्टो घाटा बढ्छ। यो घरमा तयार गर्दा, ध्यान राख्‍नुहोस् कि अधिक स्वादको इच्छा तपाईंको स्वास्थ्यको लागि खतरा हुन सक्छ।

घरमा पपकर्न बनाउँदा के के कुरामा ध्यान दिने ?

घरमा बनाइएको पपकर्नलाई धेरै मात्रामा बटर, नुन र चिनी हाल्ने वा बनाउँदा रिफाइन्ड तेल प्रयोग गर्दा पनि हानिकारक हुन्छ। वास्तवमा, पपकर्न तबसम्म स्वस्थ हुन्छ, जबसम्म यसलाई आगोमा वा तातो बालुवामा भुटेको हुन्छ।

मधुमेहको जोखिम भने कम

पछिल्ला केही वर्षयता मधुमेहका बिरामी बढ्दै गएका छन्। यी केसहरू विश्‍वभर यति बढेका छन् कि विश्‍व स्वास्थ्य संगठनले यसलाई महामारी भन्‍न थालेको छ।

पपकर्नलाई मधुमेहका रोगीहरूका लागि उत्कृष्‍ट खाजाको रूपमा लिइन्छ। यो खाँदा धेरै इन्सुलिन स्पाइक हुँदैन र टाइप-२ मधुमेह नियन्त्रणमा रहन्छ। यसको मुख्य कारण पपकर्नको कम ग्लाइसेमिक इन्डेक्स हो। अर्थात्, यसको सेवनले तपाईंको रगतमा चिनीको मात्रा सामान्य रहनेछ र यसमा धेरै उतारचढाव आउने छैन।

उच्च रक्तचापको जोखिम कम

अधिकांश मानिस उच्च रक्तचापबाट ग्रस्त छन्। पपकर्नले यसको खतरा कम गर्छ। तर, यसमा धेरै नुन वा मक्खन हाल्नु हुँदैन। तर, ती पदार्थ हाल्दा जोखिम घट्नुको साटो बढ्न सक्छ।

पपकर्नले मुटु रोगबाट बचाउँछ

पपकर्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले हृदय रोगका साथै कोरोनरी हृदय रोगको जोखिमलाई कम गर्छ। हाम्रो आहार सन्तुलित बनाउन हाम्रो प्लेटमा फाइबर प्रशस्त मात्रामा हुनु महत्त्वपूर्ण हुन्छ। यदि तपाईं फाइबरले भरिपूर्ण खाजा वा ब्रेकफास्ट खोज्दै हुनुहुन्छ भने तपाईंले कुनै ढिलाइ नगरी पपकर्न छनोट गर्नुपर्छ।

तौल घटाउन मद्दत

भनिन्छ, जीवनमा असल साथी भएमा कठिनाइहरू सहज हुन्छन्। पपकर्न पनि ती केही असल साथीमध्ये एक हो। मुटुलाई स्वस्थ राख्‍नुका साथै यसले तौललाई पनि नियन्त्रणमा राख्छ। कारण- यसमा अधिक फाइबर र कम क्यालोरी हुन्छ।

दैनिक कति पपकर्न खाने ?

पोषणविद् डा. गुप्ताका अनुसार सामान्य पपकर्न कपमा ३८७ हजार क्यालोरी, १३ ग्राम फ्याट र १५ ग्राम फाइबर हुन्छ। यदि स्वस्थ व्यक्तिले पपकर्न खान चाहन्छ भने उसले दैनिक २५ देखि ३० ग्राम खान सक्छ।

भाष्‍कर डट कमबाट

सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.