काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको आज र भोलि हुने १२ औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै देउजाले विकराल समस्याबीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनका लागि आफुले उम्मेदवारी दिन लागेको बताए । उनले भने, ‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमालिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरुलाई पुर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’
आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर सम्लग्न रहेको देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफू महासचिव हुँदा साना व्यवसायीको हितका लागि काम गर्ने क्रममा दुई करोडसम्मका निर्माण कार्यमा कुनै पनि योग्यता नचाहिने नियम संशोधन गर्न सफल देउजाले जिकिर गरे ।
उनले लामो समयदेखि आफूले आर्जन गरेको अनुभवको आधारमा महासंघलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । महासचिव हुँदा पनि साना व्यवसायीहरुको समस्यामा आफू केन्द्रीत भएको र उनीहरुको हकहितको लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पारे ।