Advertisement
पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये ६२ जनाको पीसीआर र १५ जनाको एन्टिजेनमार्फत परीक्षण गरिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ९८१ जनाको नमूना परीक्षण गरिएको थियो।
यस अवधिमा १८९ जना संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर पाँच हजार २१२ जना सक्रिय संक्रमित छन्।