काठमाडौँ । भन्सार एजेन्टको परीक्षा रोकिएको छ । भोलि शनिबारका लागि तय भएको परीक्षा नहुने भएको हो ।
Advertisement
उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशका अनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन भएको सूचना सार्वजनिक भएको हो । विभागले अर्को सूचना सार्वजनिक नहुँदासम्म परीक्षा स्थगित भएको जानकारी गराएको हो ।
बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलास चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।
भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक र समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाएर एक वर्षअघि रिट दायर गरेकी थिइन् ।