Advertisement
चीनले रुसलाई युक्रेन युद्ध तत्काल रोक्न आग्रह गरेको छ। युक्रेनमा रुसले गरिरहेको आक्रमणलाई चीनले पहिलोपटक ‘युद्ध’ संज्ञा दिएको छ।
‘हामी युक्रेन युद्ध तत्काल रोकियोस् भन्ने चाहन्छौँ,’ चीनको सरकारी टेलिभिजन सीसीटीभीले विदेशमन्त्री वाङ यीलाई उद्धृत गरेको छ। फ्रान्सका विदेशमन्त्री हुवाँ यिभेस ले ड्रायनसँग कुरा गर्दै वाङले युक्रेन युद्ध अन्त्य हुनुपर्ने बताएका हुन्।
यसैबीच, जर्मन चान्सलर ओलाफ सोल्ज र फ्रान्सका राष्ट्रपति इम्मानुएर म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल युद्धबिराम घोषणा गर्न आग्रह गरेका छन्। पुटिनसँग संयुक्त रूपमा टेलिफोन संवाद गर्दै सोल्ज र म्याक्रोले युद्ध अन्त्यका लागि तत्काल युद्धबिराम अत्यावश्यक रहेको सम्झाएका हुन्।