Advertisement
युक्रेनका विदेश मन्त्री दिमित्री कुलेबा र उनका रुसी समकक्षी सर्गेई लाभारोभबीच टर्कीमा उच्चस्तरीय वार्ता शुरु भएको छ।
रुसी विदेशमन्त्री लाभारोभकी प्रवक्ताले वार्ता शुरु भएको जानकारी दिएकी हुन्।
दुई विदेश मन्त्रीबीच वार्ताको संयोजन टर्कीका समकक्षी मेभलुट काभुसोग्लुले गरेका हुन्।
रुसले हवाई, स्थल र जल सबै क्षेत्रबाट आक्रमण थालेयता युक्रेनका धेरै शहर तहसनहस भएका छन्। युद्धको विभिषिकाबाट बच्न युक्रेनी नागरिक देश छाडेर शरणार्थी बनेका छन्। अधिकांश मुलुकले युक्रेनमा रहेका आफ्ना नागरिकलाई धमाधम सुरक्षित स्थानमा सारिरहेका छन्।