काठमाडौँ । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस भएको छ । छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
Advertisement
उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पधाबाटै बाहिरिएका थिए । बाँकी १५ आवेदक सहभागी प्रतिस्पर्धामा सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नाम सार्वजनिक भएको हो ।
वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ ।