• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

‘हुने खानेलाई महिला दिवस, हाम्रो मजदूरी नगरी छाक टर्दैन’


मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित

महेन्द्रनगर । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिएको छ । सो अवसरमा सभा सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका १८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी मजदूरी काममा व्यस्त थिइन् ।

Advertisement

चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक पाँच सयमा मजदुरी गर्ने उनले महिला दिवसको चर्चा सुने पनि आफूलाई भने हर्ष न विस्मात भएको बताइन् । ‘दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु ?’, उनले भनिन्, ‘दिवसमा हकहित र महिलामाथिको विभेद्का नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधैँ उस्तै हो ।’

उनले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनु पर्ने माग राखिन् । यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका ७ चान्देउकी स्थानीयवासी हुन् ।

श्रीमान् सुरज चौधरीसँग महेन्द्रनगर मजदुरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदुरीमा आएको बताइन् । उनले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भए पनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताएकी थिइन् । ‘श्रीमान् सवारी चालक, म मजदुरीमा छौं”, उनले भनिन् , ‘दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।’

उनीजस्तै कृष्णपु्र नगरपालिका २ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाएको बताइन् । तर, उनलाई दिवसको दिन मजदुरीमा जानु बाध्यता रहेको सुनाइन् ।

‘हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो,’ श्रीमान् विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले भनिन्, ‘नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं ।’

बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उनको भनाइ छ । ‘बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं,’ उनले भनिन्, ‘हामीलाई के दिवस, के बिदा सधैँ यस्तै हो ।’

एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरागरी बसिरहेको बताइन् । ‘तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें,’ उनले भनिन्, ‘घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान् मिस्त्री र म मजदूरी काम गर्छु ।’

त्यसैगरी यहाँको महाकाली नदीमा ढुंगा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका १३ का सुनादेवी सुनारले भने बगरको संघर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताइन् ।

‘सहरमा महिला हकहित र दिवसका कुरा हुँदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं,’ उनले भनिन्, ‘हुने खानेलाई पो दिवस आउँलान हामी त महिला भए पनि मजदूर न हौं ।’

दैनिक रुपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उनको भनाइ छ ।

  • मजदूरी
मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.