काठमाडौँ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै कमिसन नपाएको पेट्रोलियम कारोबार गर्ने व्यापारीहरूले आन्दोलन गर्ने भएको छ । तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्म ठप्प पारेर आन्दोलन गर्ने जनाएको हो ।
Advertisement
निगमका सञ्चालक समितिले व्यवसायीले पाउँदै आएको कमिसन कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले आन्दोल गर्ने भएको हो ।
हिजो सोमबार एक विज्ञाप्ति जारी गर्दै सबै संस्थाहरूले आफूहरुले पाउने कमिसन नपाए चैत ६ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।