काठमाडौं- मुटुले रगत पम्प गरेर नसाहरू मार्फत शरीरका विभिन्न भागमा पठाउँछ। त्यसक्रममा रक्तनलीमा चाप महशुस हुने अवस्थालाई रक्तचाप भनिन्छ। रगत राम्ररी बग्न नपाएपछि नै हो रक्तनलीमा चाप उत्पन्न हुने पनि। यसको नियन्त्रणका लागि कस्ता उपाय अपनाउने ?
Advertisement
– नुनको सेवन कम गर्ने
– सधैं स्वस्थकर तथा सन्तुलित खाना खाने। तारेको, भुटेको तेलयुक्त खाना धेरै नखाने
– जाडोमा चिसोबाट जोगिने, न्यानो भएर बस्ने
– सामान्य व्यक्तिले प्रत्येक महिना रक्तचाप जाँच गर्ने
– प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खाने
– प्रेसरको औषधि खाइरहेका व्यक्तिले ३-३ महिनामा जाँच गर्ने
– तनाव नलिने
– नियमित व्यायाम गर्ने