• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित


आइतबार, चैत ११, २०८० मा प्रकाशित

झापा– भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ। पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो।

Advertisement

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ। पुरातत्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए। उत्खननका क्रममा भेटिएका प्राचीन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व एक सय २० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताए। विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौँ चरणको उत्खनन कार्य जारी छ।

“यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचीन वस्तुको कार्बन परीक्षण गराइसकेका छौँ”, आचार्यले भने, “त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो। यसपालीको सातौं पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेका छौँ।” यसपाली चैत २ देखि सुरु भएको उत्खनन चैत १८ गतेसम्म जारी रहने उनले बताए।

उत्खननका लागि आचार्यको नेतत्वमा पाँच जनाको टोली सक्रिय छ। टोलीले किच्चकबधस्थलमै बसेर दिनभर उत्खनन कार्य गरिरहेको छ। किच्चकबधस्थललाई धार्मिक तथा ऐतिहासिकस्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवं मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले बताए।

“यो स्थल दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा हो”, सातौँ चरणको उत्खननका लागि आएको पुरातत्व विभागको टोलीसँगको भेटपछि दाहालले भने, “थाइल्यान्ड, भारतलगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्व बढेको छ। यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन।”

पुरातत्वविद् उद्धव आचार्यले नै सुर्खेतको ऐतिहासिक काँक्रेविहारस्थलको ऐतिहासिकताको प्रमाणिक खोज गरेका थिए। किच्चकबधस्थलमा सुरुदेखि नै आचार्यले उत्खननको नेतृत्व गरेको हुँदा यसको अन्तिमसम्म उनले नै उत्खनन गर्ने दाहालले बताए।

किच्चकबधस्थल १० बिघा क्षेत्रफलमा फैलिएको छ। जहाँ पुरानो र नयाँ गरी दुई वटा किच्चकबधको मूर्ति छन्। त्यसैगरी मानव निर्मित मन्दिर, पोखरी र सभाहल छन्। उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गरेको बताए।

सरकारले उत्खननलाई निरन्तरता दिइरहे तापनि पर्याप्त बजेट नपठाउँदा क्रमागतरुपमा उत्खनन् गर्नु परिरहेको दाहालले गुनासो गरे। जमिनको पहिलो तहको उत्खननबाट फेला परेका वस्तुको कार्बन परीक्षणबाट यसस्थल दुई हजार दुई सय वर्ष पुरानो समय गणना भएको जनाउँदै उनले अझ एक तहमुनि पनि प्राचीन वस्तु भेटिन थालेको हुँदा सरकारले उत्खननका लागि पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने खाँचो देखिएको बताए।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी दुई हजार पाँच सय वर्ष पुरानो भएजस्तै किच्चकबधस्थल दुई हजार दुई सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले मुलुककै आकर्षक गन्तव्यस्थलका रुपमा चिनाउन सकिने उनले बताए। किच्चकबधस्थलको रेखदेख स्थानीय संरक्षण समितिले गर्दै आएको छ। समितिले विभिन्न स्रोत जुटाएर घेराबेरालगायतका संरचना निर्माण गरेको छ। सो स्थानमा फेला परेका प्राचीन पर्खाल, इँटालगायत उत्खननस्थलको उचित ढङ्गले संरक्षण हुनसकेको छैन। आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजनाबिना भौतिक संरचना निर्माण गरिदिँदा पुरातात्विक सामग्री नष्ट हुने जोखिम बढेको छ।

स्थानीय पालिका र प्रदेश सरकारले समेत उक्त ऐतिहासिक स्थानको संरक्षण र उत्खननमा ध्यान दिन आवश्यक भइसकेको छ।

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.