काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कूल आठ हजार ६३८ जनाको नमूना परीक्षण गर्दा देशभर ८८ जनामा कोरोना पुष्टि भएको हो ।
Advertisement
सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ३७६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
हाल देशभर कूल ६ हजार १५० सक्रिय संक्रमित रहेका छन् ।