काठमाडौं- हाम्रो आँखामा विभिन्न कारणले डार्क सर्कल बस्छ। डार्क सर्कल भनेको आँखाको वरिपरि कालो धब्बा बस्नु हो।
डार्क सर्कलले हाम्रो अनुहारको सौन्दर्यलाई मात्रै असर गर्दैन, रोगी पनि बनाउँछ। डार्क सर्कल आउनुका विभिन्न कारण हुन्छन्। जस्तै- पेटको समस्या र अनिद्राका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ। सामान्य कारणले आँखामा डार्क सर्कल बस्दा हामी घरायसी उपाय पनि अपनाउन सक्छौं। निम्न उपाय अपनाएर हामी डार्क सर्कल हटाउन सक्छौं।
आवश्यक सामग्री
१-१ चिया चम्चा टमाटर र आलुको रस तथा आवश्यकताअनुसार गुलाब जल।
विधि
– टमाटरको रस र आलुको रसको मिश्रण बनाउनुहोस्। मिश्रणमा थोरै गुलाब जल पनि राख्न सकिन्छ। त्यसपछि कालो भागमा मज्जाले लगाउनुहोस्। लगाएको १० मिनटसम्म राख्नुहोस्। त्यसपछि चिसो पानीले मज्जाले पखाल्नुहोस्।
– यो प्रक्रिया दुईदेखि तीन सातासम्म दिनको दुईपटक गर्नुहोस्। यसले डार्क सर्कल हटाउँछ र तपाईंले फ्रेस लुक्स पाउनुहुन्छ। टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ, जो छालाका लागि अत्यन्तै फाइदाजनक मानिन्छ।