Advertisement
वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ। उनको आइतबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उनलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वर्गीय बर्मा ९३ वर्षका थिए।
नेपाली कम्युनिस्ट आन्दोलनमा उनी पहिलो पुस्ताका नेता हुन्। ००७ सालको राणा शासनविरोधी आन्दोलनमा उनी सहभागी भएका थिए। ०४६ सालको आन्दोलनमा पनि उनको सक्रिय सहभागिता थियो। उमेर र स्वास्थ्यका कारण बर्मा केही समययता राजनीतिमा निश्क्रिय थिए।