काठमाडौँ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले आइतबारदेखि लागु हुने गरी भाडादर बढाएको छ । निजी क्षेत्रका सबै एयरलाइन्सले आन्तरिक उडानको भाडादर बढाएको हो ।
Advertisement
नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैयाँ बनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयाँमा खरिद गरी २३ रुपैयाँ ८ पैसा नाफा राखेर बिक्री गर्दै आएको छ ।
हवाई कम्पनीले आन्तरिक उडानतर्फ ५४० रुपैयाँसम्म भाडादर वृद्धि गरेको छ ।
