• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

मन्त्रीको सनकमा स्थापित पर्यटन बोर्डको प्रादेशिक कार्यालय बेकामे


बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेको लहडका कारण स्थापना गरियो, कर्मचारीले न नियुक्ति पाए न त सेवासुविधा नै

Advertisement

सुदूरपश्‍चिम- ठ्याक्कै २६ महिनाअघि बडो तामझामका साथ उदघाटन गरिएको थियो, नेपाल पर्यटन बोर्डको सुदूरपश्‍चिम प्रादेशिक कार्यालय। त्यो तामझाम भने उदघाटन समारोहमै सीमित बन्यो, कार्यालय बेकामे बनेको छ।

जिल्ला समन्वय समिति, कैलालीले निःशुल्क उपलब्ध गराएको धनगढी उपमहानगरपालिकासँगैको भवनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ५ पुस ०७८ मा नेपाल पर्यटन बोर्ड सुदूरपश्‍चिम प्रादेशिक कार्यालयको उदघाटन गरेका थिए।

पर्यटन प्रबर्द्धन गर्ने भन्दै तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको थियो। र, आवश्यकताअनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने बताइएको थियो। २६ महिना बितिसक्दा पनि हालसम्म कुनै कर्मचारी, सेवा सुविधा मात्रै होइन, कार्यालयले वैधानिकता नै पाएको छैन।

कार्यालयको उदघाटन गर्दै तत्कालीन मन्त्री आलेले यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्‍जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्‍चिममा समेत बोर्डको काम कारवाही हेर्ने गरेको बताउँदै त्यसको अन्त्य हुने बताएका थिए।

कार्यालय नहुँदा बोर्डले गर्ने पर्यटन प्रबर्द्धनका कार्यक्रमहरू सुदूरपश्‍चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयको स्थापनापछि पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसारलगायत काम हुने अपेक्षा थियो। अहिले आएर ती कुनै गतिविधि हुन नसकेकोप्रति दुःखेसो रहेको नाटा सुदूरपश्‍चिमका अध्यक्ष पदमबिक्रम सिंह बताउँछन्।

कार्यालय स्थापनाका लागि नाटा सुदूरपश्‍चिम र केही व्यवसायीले व्यक्तिगत लगानी गरेका थिए। तर, स्थापनाको केही दिन मात्रै बोर्डका कर्मचारी बसे। त्यसयता कुनै सहयोग पर्यटन बोर्डले उपलब्ध नगराएको अध्यक्ष सिंह बताउँछन्।

पर्यटनको प्रादेशिक कार्यालय स्थापनाका बेला भएको खर्चको बिल भौचर लिएर दर्जनौंपटक पर्यटन बोर्डको कार्यालय धाउँदासमेत उक्त रकम नपाएको अध्यक्ष सिंह बताउँछन्। उनका अनुसार मन्त्रीको ठाडो आदेशमा भर्ना गरिएका कर्मचारीको तलबसमेत पर्यटन बोर्डले पठाएको छैन।

मन्त्री आलेको लहडका कारण सुदूरपश्‍चिममा प्रादेशिक पर्यटन कार्यालय स्थापना गरिएको नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा. धनञ्‍जय रेग्मी बताउँछन्। आफू निलम्बनमा परेका बेला बोर्डको बैठक नै नडाकी मन्त्री आलेले स्थापना गरेको उक्त कार्यालयको वैधानिकता नै नरहेको उनको जिकिर छ।

तत्कालीन मन्त्री आलेले आफ्नै भाञ्‍जी नाता पर्नेलाई कार्यालय सहयोगीमा राखेका थिए। उनले हालसम्म तलबलगायत सेवा सुविधा केही पनि नपाएको आफूलाई जानकारी रहेको रेग्मी बताउँछन्।

कार्यालय सहयोगीको रूपमा काम गर्दै आएका जानकी थापा र शिवकुमार रानाले अहिलेसम्म न त तलब पाए, न नियुक्ति पत्र नै।

स्थापना कालदेखि नै आफू नियमित कार्यालय आइरहेको र तलब उपलब्ध गराइदिन पटक-पटक पत्राचार गरे पनि अहिलेसम्म नपाएको थापा बताउँछिन्। तलब भत्ता त टाढाको कु्रा, पत्रको जवाफसमेत नपाएको उनी दुःखेसो पोख्छिन्।

आफू कामको खोजीमा रहेको बेला तत्कालीन मन्त्रीले यहाँ काम गर्दै गर्नु भनेको थापा बताउँछिन्। उनका अनुसार अहिले आएर तत्कालीन मन्त्री आलेले समेत फोन उठाउन छोडेका छन्। उनले मासिक २५ हजार रुपैयाँका दरले तलब दिने मौखिक जानकारी गराइएको थियो। तर, २६ महिनासम्म उनले एक सुको पाएकी छैनन्।

त्यति मात्र कहाँ हो र ! जिल्ला समन्वय समितिले समेत अहिले आएर उक्त भवन खाली गरिदिन पर्यटन बोर्डलाई पत्राचार गरेको छ। पर्यटन बोर्डलाई उक्त भवन खाली गरिदिन २ पटक पत्राचार गरिएको निमित्त जिल्ला समन्वय अधिकारी विमल जोशी बताउँछन्। गत ३० साउन र २२ असोजमा गरी २-२ पटक पत्राचार गरिए पनि बोर्डले कुनै जवाफ नपठाएको उनी बताउँछन्।

यस विषयमा थप जानकारी लिन तत्कालीन पर्यटन मन्त्री प्रेम आले र बोर्डको हालकी निमित्त कार्यकारी अधिकृत नन्दनी थापालाई फोन सम्पर्क गर्दा दुवैजनाको फोन उठेन।

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.