• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्र नगरपालिकामा दोस्रो नगर स्तरीय खुल्ला रोडरेस प्रतियोगिता सम्पन्न


सोमबार, फागुन २८, २०८० मा प्रकाशित

बराहक्षेत्र– बराहक्षेत्र नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा दोस्रो नगर स्तरीय खुल्ला रोडरेस पुरुष तथा महिला प्रतियोगिता सम्पन्न भएको छ।

Advertisement

महिला खुल्ला तर्फ निर्धारित ५ किलोमिटरको दुरीमा बराहक्षेत्र नगरपालिका वडा नं ८ की तुलना खड्का २८ मिनेटमा दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन्। वडा नं ७ कि रिना खड्काले २९ मिनेट ५० सेकेण्डमा पार गर्दै दोस्रो स्थान हासिल गरेकी थिईन। वडा नं ८ की लक्ष्मी राईले ३३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेकी थिईन।

प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले नगद ७ हजार, ५ हजार र नगद ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए।

महिला खुल्ला प्रतियोगिता ५ किलोमिटर बराहक्षेत्र नगरपालिका वडा नं ३, नडहा चोकबाट सुरु भई वडा नं १ झण्डा चोकसम्म रहेको थियो।

१० किलोमिटर पुरुष प्रतियोगितामा बराहक्षेत्र नगरपालिका वडा नं ७ का कुलबहादुर बस्नेत प्रथम भएका छन्। उनले ३८ मिनेटमा निर्धारित दुरी पार गरेका थिए। बराहक्षेत्र-७ का सुर्य तामाङ्ग दोस्रोले ३९ मिनेट ४ सेकेन्डमा दुरी पार गरेका थिए। बराहक्षेत्र वडा ८ का दुर्गा खुलालले ४० मिनेट दुरी पार गदै तेस्रो भएका थिए।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद १० हजार,दोस्रोलाई ७ हजार , तेस्रोलाई ५ हजार सहित मेडल , प्रमाण पत्र प्राप्त गरे थिए। बराहक्षेत्र नगरपालिका वडा नं ४,जमटोकीबाट सुरु भई वडा नं १ झण्डा चोक सम्म रहेको थियो।

उक्त प्रतियोगितामा बराहक्षेत्र नगरपालिका वडा नं ७ बस्ने एकै परिवारका श्रीमान, श्रीमती र छोरी सहित ३ सदस्यले सहभागी जनाएका थिए। श्रीमान खडगबहादुर सुवेदी वर्ष ३९‌ ले १० किलोमिटर श्रीमती शंख माया सुवेदी वर्ष ३५, छोरी सोनम सुवेदी १९ ले ५ किलोमिटरमा सहभागी जनाउँदै दौड पुरा गरेका थिए।

पुरुष भेटान तर्फ सुर्य तुम्बाहाम्फे १ घण्टा ६ ,निल कुमार बि.क १ घण्टा ८, विनोद चौधरी १ घण्टा १५ मिनेटमा दुरी पार गर्दै प्रथम,दोस्रो र तेस्रो भएका थिए उनीहरूलाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो।

उक्त प्रतियोगितामा सहभागिता जनाउने धावक/धाविकाहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चक्रधट्टी प्रहरी निरीक्षक राम तिमल्सिना, इलाका प्रहरी कार्यालय चतराका बरिष्ठ सई टिका राम खत्री र ससस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक बिग बहादुर गोले सहितको राष्ट्र सेवक प्रहरी टोलीले स्कटिङ गरेको थियो।

उक्त प्रतियोगितामा धरान वडा नं १६ का बस्ने बर्ष २० की कल्पना राईले २५ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरिन्। धरान १५ की ४० वर्षीया जमुना लिम्बुले २७ मिनेट दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे पनि आयोजकले उनिहरूको दौडलाई मान्यता दिएन। उनिहरुलाई दौडमा सहभागिता जनाएवापत प्रोत्साहन स्वरुप नगदसहित प्रमाण पत्र दिएर आयोजकले सम्मान गरेको थियो।

बिजयी खेलाडीहरूलाई नगर प्रमुख रमेश कार्की,प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल,वडा नं १ का अध्यक्ष किसन थापा मगर , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ४ का अध्यक्ष आशाराम चौधरी, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, ईश्बर थापा, कृष्ण कट्टेल, केबल राई, गोकुल गुरागाई, लगायतले पुरस्कारण वितरण गरेका थिए।

सोमबार, फागुन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.