काठमाडौँ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नायक पल शाहको पक्ष लिँदै पीडित नाबालिग गायिकाको चरित्र हत्या गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
Advertisement
सामाजिक सञ्जाल तथा युट्युबमार्फत नाबालिग गायिकाको चरित्र हत्या गर्ने क्रम बढेपछि प्रहरीको साइबर ब्यूरोले चरित्र हत्यामा संलग्नलाई पक्राउ गर्ने तयारी गरेको हो ।
ब्यूरोका अनुसार सोमबारसम्म केही कुरा बाहिर आउने भएको छ । ब्यूरोले आजै एक विज्ञप्ति जारी गर्दै टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा चरित्र हत्या गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।
ब्यूरोले सामाजिक सञ्जालमा आएका ‘स्टाटस’को समेत निगरानी भइरहेको जानकारी दिएको छ ।