काठमाडौं- रामेछाप खाँडादेवी गाउँपालिका-३ सित्खा बजार बस्ने ३६ वर्षीया पूर्णदेवी श्रेष्ठ सोही ठाउँस्थित सुनकोशी नदीको किनारमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट फागुन १२ गते हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो ।
यसैगरी रामेछाप गोकुलगंगा गाउँपालिका-१ बालुवा बस्ने ८६ वर्षीया जाङबु शेर्पा सोही ठाउँस्थित लिखु खोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । बुधबार माइत जान्छु भनि हिँडेकी उनी उक्त खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
झापा अर्जुनधारा नगरपालिका-३ बस्ने ३७ वर्षीया सोकमती सुबेदी आफ्नै घर अगाडिको बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
चितवन कालिका नगरपालिका-१० लतोन्तीस्तित बारीको झाडीमा बिहीबार वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
दार्चुला नौगाड गाउँपालिका-५ उडालु बस्ने ३१ वर्षीय गोबिन्द राम टमाटा सोही गाउँपालिका-५ स्थित चिनेगौँडा ढोलेमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।