• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

अन्तहीन स्क्रलिङले बढाउँदै मानसिक रोगी


    Avatar photo
शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

नयाँदिल्ली- सन् २०१७ मा फेसबुकले भनेको थियो- हरेक मानिस मोबाइलमा दैनिक ३०० फिट स्क्रलिङ गर्छ। त्यसको अर्थ हो, हरेकले मासिक २.७ किलोमिटर स्क्रलिङमा बिताउँछन्।

Advertisement

यसलाई सामान्य तरिकाबाट बुझ्दा हामीले मोबाइलमा गर्ने स्क्रलिङलाई बाहिर निकालेर सडकमा बिछ्यायौं भने ३०० फिट लामो किताब बन्‍नेछ। त्यति लामो किताब त हामी सन् २०१७ मै पढ्थ्यौं। ७ वर्षपछि त्यसको लम्बाइ अझै बढेको हुन सक्छ।

अहिले त झनै रिल्स र सर्ट भिडियोहरू हाम्रो मोबाइलको सिलेबसका महत्त्वपूर्ण हिस्सा बनेका छन्, जुन सन् २०१७ मा थिएनन्। र, पछिल्ला वर्षमा मानिसले दैनिक कति फिट स्क्रलिङमा बिताउँछन् भन्‍ने फेसबुकले सार्वजनिक गरेको छैन।

मानिसलाई आफ्नो अध्ययनका क्रममा पढ्नैपर्ने किताब पनि बोझ बन्‍ने गर्छन्। जब कि, हामीले महिनामा २-४ किलोमिटर लामो कन्टेन्ट हेर्न झण्झट मान्दैनौं। त्यसको अर्थ हो, सामाजिक सञ्‍जालका कन्टेन्टले हाम्रो दिमागलाई अनावश्यक बोझ दिइरहेका छन्।

दिमागमा बोझ बढाउनुको अर्थ मानसिक र शारीरिक स्वास्थ्यलाई बिगार्नु हो। त्यसको विकल्प हो, ‘माइन्डफुल स्क्रलिङ’।

कोभिड-१९ महामारीको दौरान सन् २०२० मा एक नयाँ शब्द खुबै चर्चामा आयो, ‘डुम स्क्रलिङ’। त्यसलाई सन् २०२० को ‘वर्ड अफ दि इयर’ संज्ञा पनि दिइयो। डुमको अर्थ हो, अन्त्यसम्म।

एउटा रिलपछि दोस्रो, तेस्रो, चौथो गर्दै घण्टौं स्क्रलिङ गरिरहनुलाई ‘डुम स्क्रलिङ’ संज्ञा दिइएको थियो। फेसबुक मात्र होइन, मानिसले ट्विटर, इन्स्टाग्राम, पछिल्ला वर्षमा टिकटकलगायत सामाजिक सञ्‍जाल एकपछि अर्को गर्दै स्क्रलिङमा बिताउँछन्, मानिस। रिफ्रेस गर्दै नयाँ कन्टेन्ट खोज्छन्। त्यसको कुनै उद्देश्य हुँदैन। खाली स्क्रलिङको अन्धो कुवामा डुब्दै जान्छन्।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको रिपोर्टअनुसार यदि कोही ६ घण्टा वा त्यसभन्दा ज्यादा त्यस्ता कन्टेन्टमा डुबुल्की लगाइरहन्छन् भने एक्युट स्ट्रेसको खतरा १० गुणा बढ्छ। ३० मिनट स्क्रलिङ गरिसक्दा एक्युट स्ट्रेस बढिसकेको हुन्छ।

अहिलेको संसारमा मोबाइल फोनको प्रयोग, स्क्रलिङ र सामाजिक सञ्‍जाललाई अनावश्यक भन्‍न पनि सकिँदैन। तिनका अनेक फाइदा पनि छन्।

तथापि, ती माध्यमले हाम्रो जीवनलाई जति मनोरञ्‍जन र खुशी दिनुपर्ने हो, ‘डुम स्क्रलिङ’का कारण उल्टै मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेका छन्। त्यसैले ‘डुम स्क्रलिङ’बाट बच्‍नु नै उत्तम उपाय हो।

त्यसका लागि इमोसनल इन्टेलिजेन्सलाई उपयोग गर्न सकिन्छ। ड्यानियल गोलेमनलगायत अमेरिकी वैज्ञानिकहरूले यसको आविष्‍कार गरेका छन्।

साइकोलोजी टुडेको रिपोर्टअनुसार इमोसनल इन्टेलिजेन्सको सहारामा ‘माइन्डफुल स्क्रलिङ’ सम्भव छ। त्यसैले मोबाइल या सामाजिक सञ्‍जालमा के हेर्न चाहन्छु भनेर पहिले आफ्नो भावना बुझ्नु जरुरी छ। त्यो भावनाअनुसार मोबाइल या सामाजिक सञ्‍जाल चलाउँदा आफ्नो रुचिको विषयमा मात्र ध्यान जान्छ। र, स्क्रलिङमा लामो समय बित्दैन। रुचिदेखि बाहिरका विषयमा ध्यान नदिँदा मानिसमा मानसिक र शारीरिक समस्या पनि आउँदैन।

आफैंलाई प्रश्‍न गर्नूस्

– म यो कन्टेन्ट किन हेरिरहेको छु ?

– के यो कन्टेन्ट हेर्न मसँग समय छ ?

– यो कन्टेन्ट हेरर मलाई के फाइदा हुन्छ ?

– कतै यो कन्टेन्टले मलाई नै बोरिङ, उदास र परेशान त गरिरहेको छैन ?

– कतै यसले मेरो मानसिक र शारीरिक स्वास्थ्य र सम्बन्धहरूलाई खराब त गरिरहेको छैन ?

त्यसैले मोबाइल स्क्रलिङको दौरान हामीले हेरिरहेका कन्टेन्ट बनाउने मानिसको मानसिकता पनि बुझ्नु जरुरी छ। क्रिएटरले शिक्षा या मनोरञ्‍जन केका लागि त्यो कन्टेन्ट बनाएको हो भन्‍ने बुझ्नुपर्छ। कसैले आफ्नो व्यापार बढाउनका लागि त त्यस्तो कन्टेन्ट बनाएको होइन भनेर शंका गर्नु आवश्यक छ।

खासमा यो अप्रोच मिडिया साक्षरताका लागि पनि महत्त्वपूर्ण छ। कन्टेन्ट कन्जम्प्सनभन्दा पहिले यसको उद्देश्य बुझ्नुपर्छ। न्युज र भ्युजको अन्तर बुझ्नु आवश्यक हुन्छ। कन्टेन्ट र विज्ञापनको फरक ठम्याउनुपर्छ। त्यसमार्फत माइन्डफुल स्क्रलिङ सहज हुनेछ।

आफ्नै स्क्रलिङ ह्याबिटको अडिट गर्नुहोस्- गत साता, महिना र दिनमा मैले कति स्क्रलिङ गरें। त्यसमा यो साता कसरी कमी ल्याउने भन्‍ने विचार गरौं। र, ‘डुम स्क्रलिङ’को आदतबाट बच्‍नुहोस्।

लगभग सबै सामाजिक सञ्‍जालका एपहरूले ‘टाइम स्पेन्ट मनिटर’को अप्सन दिएका छन्। कतिपय एपमा वार्निङ रिमाइन्डको अप्सन पनि हुन्छ। तिनले माइन्डफुल स्क्रलिङका लागि मद्दत गर्ने छन्। साइकोलोजिकल टिप्सले पनि माइन्डफुल स्क्रलिङ बढाउन मद्दत गर्छन्।

भास्कर डट कमबाट

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.