Advertisement
मनिष अर्याल
शेर्पा समुदाय आफ्नो महान चाड ग्याल्पो ल्होसारको रौनकमा छ। सरकारले ग्याल्पो ल्होसारका अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको थियो। १६ फागुनको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको थियो।
यो बौद्ध धर्मावलम्बीहरूको पर्व हो। नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँछन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई वर्गीकरण गरिएको छ।









