Advertisement
नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार एमाले नेता डा. भीम रावलसँग भेटेर देशभक्त मोर्चा बनाउन प्रस्ताव गरेका छन्।
काठमाडौं टोखास्थित डा. रावलको घरमा पुगेर विप्लव र प्रकाण्डले यस्तो प्रस्ताव गरेका हुन्। नेकपाका दुई नेता आफूलाई भेट्न घरमै आएको जानकारी दिँदै डा. रावलले राष्ट्रिय स्वाधिनताका लागि यस्तो मोर्चाको आवश्यकता औंल्याएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो,’ रावलले लेखेका छन्, ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’