• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

स्थानीय तह निर्वाचनको तयारी तीव्र


बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारी स्वरुप कार्यालयले अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ ।

Advertisement

निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी ओमनारायण शर्माले जानकारी दिए । ‘मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएका छौँ, आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गर्छौं,’ उनले भने ।

कार्यालयले मतदाता परिचय पत्र नभएका मतदाताको हकमा आगामी फागुन २० गतेभित्र वडा कार्यालयको सिफारीसमा निवेदन दिएकाको मात्रै मतदाता परिचयपत्र आउने भन्दै परिचयपत्र नभएकाले समयमै निवेदन दिन आग्रह गरेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ । फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्ने भनिए पनि १७ गते भित्रै नामावली पठाइसकिएकाले मतदाना नामावली अध्यावधिक गर्न सहज हुने शर्माको भनाइ छ ।

मतदाता नामावली अध्यावधिक गर्नका लागि फागुन २० देखि २४ गतेसम्मलाई आह्वान गरिएको छ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ ।

बागलुङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि १०३ मतदानस्थल र २०१ केन्द्र तोकिएको छ । हालसम्म जिल्लामा एक लाख ९५ हजार ३२६ फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले मतदान स्थल थपघट गर्न नसकिने र मतदाताको अन्तिम नामावलीका आधारमा मतदान केन्द्र हेरफेर भने गर्न सकिने जनाएको छ । अध्यावधिकका लागि वडा कार्यालय र स्थानीय राजनीतिक दलले मतदाता नामावली अध्यावधिक गराउनका लागि राजनीतिक दलसहितको अन्तक्रियासमेत जिल्ला निर्वाचन कार्यालयले गरिसकेको छ ।

मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमार्फत वडासम्म पुग्ने र वडाबाट आएको विवरणका आधारमा अन्तिम नामावली तयार हुने भएका कारण राजनीतिक दलले यो विषयमा सचेत भएर सहयोग गर्न आग्रहसमेत जिल्ला निर्वाचन कार्यालयले गरेको छ ।

मतदाता नामावली अध्यावधिक वडाले एकमुष्ट निर्वाचन कार्यालयमा पठाउन सक्नेछ भने सोझै जिल्ला निर्वाचन कार्यालयमा आएर मतदाता नामावली अध्यावधिक गर्न सकिनेछ । मतदाता नामावलीमा नाम, ठेगानालगायतको विवरण त्रुटि भएमा मतदानबाट वञ्चित हुन नपरोस् भनेर निर्वाचन आयोगले प्रकाशित गरेको सूचनाअनुसार मतदाता नामावली अध्यावधिक गर्न थालिएको हो ।

यस्तै निर्वाचनमा कर्मचारी व्यवस्थापनका लागि प्रत्येक सरकारी कार्यालयबाट कर्मचारीको विवरण संकलन गरेर पठाइसकेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

  • स्थानीय तह
बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.