काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । बैठकमा सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रीत हुने स्रोतले जनाएको छ ।
Advertisement
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।