काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा तीन जनाले ज्यान गुमाएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कूल चार हजार ६७२ जनाको पीसीआर परीक्षण हुँदा १२३ जना र दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण हुँदा चार जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ३२१ जना कोरोनाबाट मुक्त भएका छन् । हाल देशभर सात हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।