काठमाडौं- नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका-१५ प्रसौनी घर भएका ४६ वर्षीय जोगनारायण चौधरी सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-६ चोच्नी बस्ने ६८ वर्षीया तीर माया राई सोही ठाउँस्थित ईङ्खु खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
सिरहा कर्जन्हा नगरपालिका-७ कमला नदीको किनारस्थित बाँसघारीमा काठमाडौं महानगरपालिका-१३ पुरानो कालीमाटी बस्ने २२ वर्षीया पुजा सिंह भन्ने पुजा कुमारी पोदार मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रे बनेपा नगरपालिका-८ चैतन्य मार्गस्थित माईतीमा बस्ने ५६ वर्षीया पञ्चमाया मानन्धर सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
रामेछाप उमाकुण्ड गाउँपालिका-४ तिलौरी खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव सडिगलेको अवस्थामा मंगलबार फेला परेको छ ।