Advertisement
नेपाल र भारतले सोमबार आगामी पाँच वर्षका लागि रासायनिक मल खरिद–बिक्रीसम्बन्धी सम्झौता गरेका छन्।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार नेपाल र भारतका अधिकारीहरूले भारतबाट नेपालका लागि मल आपूर्ति गर्नेसम्बन्धी पाँच वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यो दुई सरकारबीचको सम्झौता (जी टु जी) हो। सम्झौताअनुसार आसन्न बालीको सिजन अगावै युरिया र डीएपी मल नेपाल पठाइसक्न भारतीय पक्षले सहमति दिएको छ।
जानकारहरूको भनाइमा यो सम्झौताबाट बाली लगाउने र गोडमेल गर्ने सिजनमा रासायनिक मल नपाएर निराश बन्ने गरेका नेपाली किसानको दुःख कम हुने आकलन छ।