काठमाडौं- धनुषा नगराईन नगरपालिका-४ नगराईन फुलगामा सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल वतन नखुलेका ३५ वर्षीय दिलिप रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै काव्य अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
चितवन भरतपुर महानगरपालिका-७ बुद्ध चोकमा प्रदेश ३-०१-०२३ च ८१५४ नम्बरको स्कारपियो र ना.१२ प ३४६९ नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२२ बस्ने २५ वर्षीय सुनिल महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली गौरीगंगा नगरपालिका-१ मंगलपुरमा सु.प.प्र.०१-०१० प २०७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बडैपुर बस्ने ३४ वर्षीय साजन बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।