काठमाडौं- बझाङ बुङ्गल नगरपालिका-४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । फागुन १० गते आफ्नो घरबाट बित्थडचिर गाउँपालिका-६ स्थित छोरीको घर गएकी उनी छोरीको घरमा नपुगेको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका-६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल उनको शव फेला परेको हो ।
Advertisement
कास्की पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित पहरे भिरबाट अन्दाजी १ सय १० मिटर तल सोही ठाउँ बस्ने १४ वर्षीया सबिना परियार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।