काठमाडौं- हरेक वर्ष डिसेम्बर लागेपछि विश्वका ठूला शहरहरूमा क्रिसमसको रौनक शुरु हुन्छ। त्यसबाट नेपालको राजधानी काठमाडौं पनि अछुतो रहने कुरा भएन।
Advertisement
यसपालिको डिसेम्बर शुरु हुनासाथको पहिलो शनिवार राजधानीमा केही कार्यक्रम आयोजना गरियो। पाँचतारे होटल सोल्टीमा अमेरिकन वुमन अर्गनाइजेसन नेपाल (एवन) क्रिसमस बजारको आयोजना गरिएको थियो।
यस्तै, छाया सेन्टर ठमेलमा वाउ पत्रिकाद्वारा क्रिसमस कार्निभल आयोजना गरिएको थियो। काठमाडौंका मध्यमवर्गीय परिवारको उल्लेख्य सहभागिता देखिन्थ्यो। विशेषगरी धेरै परिवारले आफ्ना बालबालिकालाई रमाइलो समय बिताउन ल्याएका थिए। मेलामा रोचक खेलहरू, खानाका स्टलहरू, संगीत, कलालगायत उपलब्ध थिए।





