काठमाडौं- राजधानीमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ।
Advertisement
व्यापार मेलाको नवौं संस्करणको उदघाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए।
भृकुटीमण्डपमा जारी व्यापार मेला ४ डिसेम्बरसम्म चल्ने छ। यस मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका प्रतिनिधिहरू सहभागी छन्।
ती देशहरूका विभिन्न उत्पादन मेलामा प्रदर्शनमा राखिएको छ। व्यापार, व्यवसाय प्रबर्द्धनका लागि ती मुलुकका व्यवसायी र अधिकारीहरू पनि उपस्थित छन्।






