विराटनगर– कोशीका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ।
Advertisement
सोमबार बसेकाे माओवादी केन्द्रकाे कोशी प्रदेश बैठकले मुख्यमन्त्रीमा कार्कीलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे।
बैठकले कार्कीलाई मत दिने निर्णय गरेपनि भोलि केन्द्रले जे निर्देशन दिन्छ त्याे मान्नुपर्ने बैठकमा सहभागी एक नेताले बताए।
मुख्यमन्त्री कार्कीले १ कार्तिक बुधबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ।